कोशी एक्सिलेन्स अवार्डको तयारी अन्तिम चरणमा
इटहरी। कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ।
यसअघि फागुन ७ गते तय गरिएको कार्यक्रम प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित भई अब चैत्र ७ गते आयोजना हुने भएको हो। अवार्ड कार्यक्रम नयन मिडिया फाउण्डेशनले आयोजना गर्न लागेको हो। फाउण्डेशनका अध्यक्ष पवन अधिकारी का अनुसार यस वर्षको कार्यक्रम अघिल्ला संस्करणभन्दा थप भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ। उनले हाल अवार्ड निर्माणदेखि कार्यक्रम व्यवस्थापनसम्मका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
“उत्कृष्टता, नेतृत्व र नवप्रवर्तनको उत्सव” भन्ने नारासहित आयोजना हुने अवार्डमा विभिन्न १६ विधामा पुरस्कार प्रदान गरिनेछ। साथै कोशी प्रदेशका १० भन्दा बढी व्यक्ति तथा संस्थालाई विशेष सम्मानसमेत गरिने आयोजकले जनाएको छ। कार्यक्रम इटहरीस्थित सोल्टी वेस्टेन्ड मा आयोजना हुनेछ।
अवार्डलाई सफल बनाउन विभिन्न क्षेत्रका संस्थाहरूले साझेदारी गरेका छन्। कोशी प्रदेशमै सञ्चालित प्रदेश खबर टाइटल स्पोन्सरको रूपमा जोडिएको छ। त्यस्तै सामाजिक सुरक्षा कोष सँगको सहकार्यले कार्यक्रमलाई थप संस्थागत र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भमा आयोजना हुन लागेको हो। आयोजकका अनुसार यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास गरिएको छ। इटहरी उपमहानगरपालिकाको प्रवद्र्धनले स्थानीय तहको सहभागिता पनि सुनिश्चित भएको छ।
अन्तर्राष्ट्रिय उडान साझेदारका रूपमा नेपाल एयरलाइन्स जोडिएको छ भने एक्सक्लुसिभ पार्टनरका रूपमा नेपाल बैंक लिमिटेड, निमाटो टायल्स र प्रिमियर स्टिल रहेका छन् । नेपाल बैंक लिमिटेडले देशभर शाखा सञ्जाल विस्तार गर्दै वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
बैंकिङ क्षेत्रमै हिमालयन बैंक बैंकिङ पार्टनरको रूपमा जोडिएको छ भने ज्योति विकास बैंकले पनि कार्यक्रमलाई साथ दिएको छ । यी बैंकहरूले डिजिटल बैंकिङ तथा वित्तीय समावेशीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
हवाई सेवा क्षेत्रमा यति एयरलाइन्स पनि साझेदार बनेको छ । उद्योग क्षेत्रमा बजरङ्ग स्टिल, प्रिमियर स्टिल र एशियन पेन्ट्स नेपाल जस्ता प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ, जसले निर्माण तथा औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
स्वास्थ्य क्षेत्रमा नवदृष्टि आँखा अस्पताल सहभागी बनेको छ । यस अस्पतालले आधुनिक प्रविधिमार्फत हजारौँ बिरामीलाई सेवा दिँदै आएको छ । बीमा क्षेत्रमा एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सहभागिता रहेको छ भने आतिथ्य क्षेत्रमा स्काइ लक्स होटल र होटल भेरान्डा जस्ता प्रतिष्ठानहरू जोडिएका छन् ।
उद्योग क्षेत्रबाट अरिहन्त मल्टी–फाइबर्स जूट उद्योग सहभागी भएको छ । यस उद्योगले वातावरणमैत्री उत्पादनमार्फत रोजगारी सिर्जना गर्दै आएको छ । युवा उद्यमशीलता प्रवद्र्धनका लागि सीएनआइवाइएफ कोशी को सहकार्य रहेको छ । डिजिटल सेवा क्षेत्रमा नेपाल पे पेमेंट, नेपा एप तथा नेपाली पात्रो जस्ता प्लेटफर्महरू पनि साझेदारका रूपमा रहेका छन् । शिक्षा क्षेत्रमा इटहरी इन्टरनेसनल कलेज, नमुना कलेज, विश्व आदर्श कलेजलगायत संस्थाहरूले सहकार्य गरेका छन् ।
यसका साथै कृषि, स्वास्थ्य, निर्माण, पर्यटन, बीमा, वित्त, प्रविधि तथा शिक्षा क्षेत्रका दर्जनौँ संस्थाहरू कार्यक्रमसँग आबद्ध भएका छन् । आयोजकका अनुसार यस्ता विविध क्षेत्रका प्रतिष्ठित संस्थाहरूको सहभागिताले अवार्डलाई अझ प्रभावकारी र दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको व्यवस्थापन काफल्स ले गरिरहेको छ। अवार्डका निर्देशक सन्तोष धमलाका अनुसार कार्यक्रमको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय पक्ष सुनिश्चित गरिएको छ ।
अवार्ड समारोह विभिन्न टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । आयोजकका अनुसार यसले कार्यक्रमलाई देशभरका दर्शकमाझ पु¥याउनेछ । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै प्रेरणा दिने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम पछिल्ला वर्षहरूमा प्रदेशकै प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुँदै गएको छ । आयोजकले यसपटकको संस्करणले अझ व्यापक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।







डिसी नेपाल







Facebook Comment