साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ

डिसी नेपाल
५ चैत २०८२ १७:३०
36
Shares

काठमाडौं। नेपाली राष्ट्रिय यू–२० पुरुष फुटबल टोलीको बिदाई गरिएको छ। बिहीबार एक विशेष समारोहकाबीच साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीको बिदाइ गरिएको हो।

समारोहमा बोल्दै कोच उर्जन श्रेष्ठले तयारी राम्रो गरिएको बताए। उनले पहिला पनि नेपाली टोली फाइनलमा चुक्न पुगेकाले यससटक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए।

उनले भने, ‘तयारी राम्रो गरिएको छ। १४–१५ जना राष्ट्रिय टिमबाटै खेलेका खेलाडीहरु छन्। हाम्रो लक्ष्य जित्ने नै छ। पहिला पनि फाइनलमा चुक्न पुग्यौं। यसपाली चुक्ने छैनौं। टिममा त्यस्तो समस्या छैन सबैजना राम्रो खेलाडीहरु हुनुहुन्छ।’

कार्यक्रममा राष्ट्रिय यू–२० टोलीका खेलाडी, प्रशिक्षक, एन्फा पदाधिकारी तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहको थियो।

यू–२० साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रूपमा भुटान पाएको छ । नेपालले २३ मार्चमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । पहिलो खेलपछि एक दिन ब्रेक छ।

नेपालले २५ मार्चमा श्रीलंकाविरुद्ध खेल्नेछ। समूह ‘ए’को अन्तिम खेलमा नेपालले २७ मार्चमा आयोजक माल्दिभ्सविरुद्ध खेल्ने खेल तालिका छ । समूह चरणको खेल राउन्ड रोबिनअनुसार हुनेछ।

प्रतियोगितामा नेपाल, भुटान, माल्दिभ्स, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी सात वटै सदस्य राष्ट्रको सहभागिता रहेको छ।

सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ। जसको समूह ‘ए’मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका छन्। त्यसैगरी, समूह ‘बी’मा बंगलादेश, भारत र पाकिस्तान छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *