श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंमा बृहत प्रदर्शन हुने
काठमाडौं । श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंको अनामनगरस्थित हनुमानस्थानमा बृहत प्रदर्शन हुने भएको छ।
शनिबार नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय भएको जनाएको छ।
रेडियो नेपालमा श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागू गर्न र रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायललगायत देशभरका श्रमजीवीको रोजगारी नखोस्न दबाब दिन आइतबार (भोलि) काठमाडौको अनामनगरस्थित हनुमानस्थानमा दिउँसो १.३० बजे हुने बृहत प्रदर्शन हुने नेपाल पत्रकार महासंघले जनाएको छ।
यस्तै रेडियो नेपालका सबै प्रदेश प्रशारण केन्द्रमा पनि आइतबार (भोलि) धर्नालगायत आकस्मिक विरोधका कार्यक्रम हुने नेपाल पत्रकार महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment