डोटीमा ‘अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ’ प्रतियोगिता
डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तरराष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बोगटान फुड्सिल गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, मोहन्याल गाउँपालिका कैलाली, ठाकुर बाबा नगरपालिका बर्दिया, चौकुने गाउँपालिका सुर्खेतलगायतको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो।
आइतबारदेखि सुरु भएको प्रतियोगिता यही चैत १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत आजदेखि डोटीको दिपायलस्थित सेती नदीबाट जलयात्रा सुरु भई अप्रिल १ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक देवराज जोशीले जानकारी दिए। प्रतियोगितामा सबैभन्दा लामो माछा समाउनेलाई नगद रु २५ हजार र शिल्ड पुरस्कारको व्यवस्था रहेको उनले बताएका छन्।
प्रतियोगितामा नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका गरी २५ जनाको सहभागिता रहेको छ। संयोजक जोशीका अनुसार प्रतियोगीलाई चारवटा समूहमा विभाजन गरिएको छ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रतियोगिताले यहाँको जल पर्यटन सम्भावनाको उजागर गर्ने बताए।
उनले भने, “विशेषगरी हिउँदको समयमा र्योफ्टिङ गरेर साहसिक अनुभूति लिन पर्यापर्यटनका क्रियाकलाप हुन्छन्, यसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्यााउँछ। यसलाई संस्थागत रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्नेछ।”
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले यहाँको सम्भावनालाई उजागर गरी नागरिकलाई लाभ मिलोस् भन्ने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताए।
उनले भने, “यो प्रतियोगिताले नेपालको जल पर्यटनमा थप टेवा पुर्यानउने छ भने त्यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ। यस प्रतियोगितामा सहभागी भएकाहरूले यहाँका सकारात्मक पक्षलाई आफ्नो देशमा प्रचार गर्नेछन्।” रासस







डिसी नेपाल







Facebook Comment