रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
११ चैत २०८२ २२:५४
44
Shares
रसुवा। जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा आज साँझ कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ जाँदै गरेको ना६ख ५४९८ नम्बरको कन्टेनर दक्षिणी रसुवाको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा अनियन्त्रित भई करिब एक सय ५० मिटर तल खसेको थियो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले चालकसहित दुई जनालाई उद्धार गरी उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाएको थियो। उपचारका क्रममा कालिका गाउँपालिका–१ निवासी अन्दाजी ३९ वर्षीय चालक पासाङनुर्पु थोक्रा (पासाङ) को मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी रमेश रायले जानकारी दिए।
दुर्घटनामा घाइते भएका सोही स्थानका पेम्बाछिरिङ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *