महादेव खोला करिडोरमा चल्यो डोजर

डिसी नेपाल
१२ चैत २०८२ १२:४२
432
Shares

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं।११ स्थित महादेव खोला करिडोरमा डोजर चलाएको छ।

प्राधिकरणका बोर्ड सचिव एवं कानून अधिकृत घनश्याम पौडेलको अगुवाइमा महादेव खोलास्थित करिडोरमा डोजर चलाइएको हो। बोर्ड सचिव एवं कानून अधिकृत पौडेलका अनुसार सो क्षेत्रमा सुकुम्बासीको नाममा १२ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा हडपेर भाडामा लगाइएको थियो।

तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनको संरक्षणमा उक्त सार्वजनिक जग्गा शक्ति र पहुँच भएकाहरुले हडपेर भाडामा लगाएको स्थानीयहरु बताउँछन्।

प्राधिकरणका बोर्ड सचिव एवं कानुन अधिकृत पौडेलले सार्वजनिक जग्गा संरक्षणको अभियानमा आफूहरु रहेको बताउदै ठूला बडा भनिएकाहरुले काठमाडौं उपत्यकाभित्र लाखौं रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेर ओगटेको दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *