छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
१४ चैत २०८२ १७:३३
364
Shares

काभ्रेपलाञ्चोक। यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका ८० वर्षका गङ्गालाल मानन्धरको मृत्यु भएको हो। दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *