एमाले आन्दोलन भोलि पनि निरन्तर

डिसी नेपाल
१४ चैत २०८२ १८:२०
288
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका कार्यकर्ताहरुले माइतीघर–बानेश्वर सडक खण्डमा दिनभर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले अध्यक्ष ओलीलाई बिनासर्त रिहा गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनमा उत्रिएका एमालका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज समेत गरेको छ। कार्यकर्ताहरु देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो।

ओलीको गिरफ्तारीको विरोध गर्दै पार्टीका जनवर्गीय संगठनका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। आन्दोलनका कार्यक्रमहरु भोलि पनि निरन्तरता दिने एमालेको तयारी छ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेका अनुसार भोलि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने तयारी छ। ‘आजको प्रदर्शन शान्तिपूर्ण गरिएको छ। केही प्रदर्शनकारी घाइते भएका छन्। आन्दोलन निरन्तर रहनेछ पार्टी नेतृत्वले हामीलाई जानकारी दिएको छ,’ उनले भने।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबारै बिहान ओेलीलाई भक्तपुरको गुन्डुस्थित उनको निवासबाट प्रहरीले गिरफ्तार गरेको छ। पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *