प्रहरीका महानिरीक्षकहरूसँग छलफलमा जुटे गृहमन्त्री

डिसी नेपाल
१४ चैत २०८२ १८:३७
24
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग सिंहरबारमा छलफलमा जुटेका छन्। छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी छन्।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री गुरुङले महानिरीक्षकलाई बोलाएका हुन्।

छलफलमा महानिरीक्षकहरुको साथै उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीसहित अन्य अधिकारीहरु पनि छलफलमा रहेको बताइएको छ। ओली र लेखक पक्राउको विरोधमा आज दिनभर एमालेले प्रदर्शन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *