भिरबाट लडेर घाइते नेपालीको निधन

डिसी नेपाल
१४ चैत २०८२ १९:२४
52
Shares

अदानचुली (हुम्ला) । शुक्रबार दिउँसो भिरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक नेपालीको आज निधन भएको छ।

शुक्रबार दिउँसो चङ्खेली–४ पाली गएर घर फर्कने क्रममा भिरबाट लडेर घाइते हुनुभएका उहाँलाई थप उपचारका लागि आज नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि आज हवाई सेवामार्फत नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो। थप उपचारका लागि नेपालगञ्ज पठाउने अन्तिम प्रयास भइरहेका बेला नेपालीको निधन भएको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *