पाँच जनाको शव फेला

डिसी नेपाल
१४ चैत २०८२ २२:४३
12.0k
Shares

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला परेको छ।

काभ्रेको रोशी गाउँपालिका-७ चारसयवेशीस्थित रोशी खोलाको किनारमा सोही गाउँपालिका-७ कामीडाँडा बस्ने ४० वर्षीय कुर्साङ तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको पथरीशनिश्चरे नगरपालिका-१० गैरीगाउस्थित पशुपति सामुदायिक वनमा सोही ठाउँ बस्ने कैलाश राईको छोरा ८ वर्षीय ईसान राई शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

रामेछापको मन्थली नगरपालिका-४ सिम्ले टोल बस्ने २४ वर्षीय प्रकाश बस्याल सोही नगरपालिका-४ ढुंगेछापस्थित गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ काउरे बस्ने ५३ वर्षीया लिला विक सोही ठाउँस्थित सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ स्थित गिजागाड खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *