पहिरोले भोटखोला जाने सडक अवरुद्ध

डिसी नेपाल
१५ चैत २०८२ १८:४९
28
Shares

किमाथाङ्का। सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

उत्तर दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–४ छोङराङमा पहिरो खस्दा खाँदबारी किमाथाङ्का सडकखण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।

पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *