सुनसरीमा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु

डिसी नेपाल
१५ चैत २०८२ २२:०४
72
Shares

काठमाडौं । सुनसरीको दुहवी नगरपालिका–४ मा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ।

यहाँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायणसिंह र दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले आज उक्त केन्द्रको संयुक्त रूपमा शिलान्यास गरे।

भारतको करिब रु १६ करोड ४० लाख आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत दुहवी नगरपालिकामार्फत केन्द्र निर्माण गरिने दूतावासले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *