ट्राफिक नियमको पालना गर्न गृहमन्त्री थापाको आह्वान

डिसी नेपाल
५ असोज २०७६ १२:०३

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्।

गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने जनाए।

आइतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रममा शुभारम्भ गर्दै उनले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह गरे।

विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धि समस्या पनि स्वत घटेर जाने गृहमन्त्री थापाको भनाइ छ। गृहमन्त्री थापाले सिंगो मुलुकनै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ पनि सबैलाई सचेत गराए।

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *