गुडरुङ खोलामा डुबेर किशोरको मृत्यु

डिसी नेपाल
१६ चैत २०८२ १९:३४
52
Shares

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ स्थित गुडरुङ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

साथीहरूसँग पौडी खेल्नजाने क्रममा १४ वर्षीय तुसार खनालको मृत्यु भएको हो।

सोमवार दिउसो साढे ३ बजेतिर खोलामा डुबेर बेपत्ता भएका खनालको शव प्रहरीले एक घन्टापछि फेला पारेको थियो।

शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *