सवारी दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
१६ चैत २०८२ २०:२९
744
Shares

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१३ काली मन्दिर नजिक सडकमा दुहवीबाट इटहरीतर्फ आउँदै गरेको प्र.१-०२-०४८ प ७९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुहवी नगरपालिका-९ बस्ने २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्तालमा उपचार भइरहेको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पान्चोकस्थित सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग.१ त ५६४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-१ बस्ने ३३ वर्षीय सुजन राईको मृत्यु भएको छ।

आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *