मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

डिसी नेपाल
१८ चैत २०८२ २०:२८
304
Shares

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १६ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।

ट्राफिक प्रहरीले आज ११ वटा यात्रुवाहक सवारी साधन, एक वटा ट्र्याक्टर, दुई वटा निजी कार तथा दुई वटा स्कुटरका चालकलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। पछिल्लो समय ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गर्दै आएको छ।

मापसे गरी सवारी साधन चलाउनु नियम विपरित तथा दण्डनीय कार्य हो। सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *