नेपालमा ‘एशीया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ हुने
काठमाडौं। चितवनमा ‘एशीया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ हुने भएको छ। चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्याम्पसको बहुउद्देश्यीय हलमा सो सम्मेलन आयोजना गर्न लागिएको औंपचारिक जानकारी गराएको हो।
आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म आयोजना हुने सो सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका, क्यानडा, चीन, इन्डोनेशिया, जापान, क्युवा, फ्रान्स बंगलादेश, केन्यालगायतका १४ देशका बाख्रा अनुसन्धान तथा विकासमा विशिष्ट योगदान पुर्याएका सफल बैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थीहरुको सहभागिता रहने सम्मेलन आयोजना समितीकी संयोजक एवम् सो विश्वविद्यालयकी कायममुकायम उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाले जानकारी दिए।
‘विकाशशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने नाराका साथ आयोजना हुने सो सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्राः बाख्रा उत्पादनका नीति, बाख्राजन्य उत्पादनमा प्रविधिको विकासलगायतका क्षेत्रमा विस्तृत छलफल हुनेछ।
विश्वमा बाख्रा उत्पादनको दृष्टिले एशीया महादेशलाई उर्बरा भूमिको रुपमा लिने गरिन्छ। नेपालमा मात्रै गत आर्थिक वर्षमा करिव ५ अर्व बराबरको आम्दानी मासु निर्यातबाट भएको सरकारी तथ्यांक छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment