सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
मलंगवा। माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको गोडैता नगरपालिका – ५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ( शुक्रबार ) बिहान करिब ८ः४० बजेतिर परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बलरा नगरपालिका – ८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता – ५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
परीक्षा चलिरहेकै समयमा केही परीक्षार्थीले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने तथा उत्तर प्राप्त गर्ने प्रयास गरेको देखिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँ खटिएको प्रहरी टोलीलाई जिम्मा लगाएका थिए।
त्यसपछि उनीहरुले वाटसपमा ग्रुप बनाएर चिट चोर्ने गरेको पाईएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए।
परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न तीनै जना परीक्षार्थीको शुक्रबार दोस्रो दिन भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको छ। यस्तै, परीक्षाको पहिलो दिन हिँजो जिल्लाको कविलासी नगरपालिका– २, पिपरियास्थित श्री बाल गोबिन्द जनता माध्यमिक बिद्यालय परिक्षा केन्द्र बाहिरबाट प्रश्नपत्र आउट गर्ने एक जनालाई पक्राउ गरिएको थियो।







डिसी नेपाल







Facebook Comment