हायसको ठक्करबाट बालकको मृत्यु

डिसी नेपाल
२० चैत २०८२ १५:२७
1.4k
Shares

बाँके। हायसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट सोही ठाउँ बस्ने जयपती रानाको छोरा अन्दाजी ६ वर्षीय सगुन रानाको शुक्रबार दिउँसो मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *