गौतमश्री सहकारीका व्यवस्थापक बिष्ट पक्राउ

डिसी नेपाल
२० चैत २०८२ १६:३९
1.7k
Shares

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका छन्।

पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ। यस सहकारीले साढे ५ अर्बभन्दा बढी ठगी गरेको आरोप छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *