जुवातास खेल्दाखेल्दै २५ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं । प्रहरीले जुवातास खेल्दाखेल्दै काठमाण्डु र कैलालीबाट २५ जनालाई पक्राउ गरेको छ।
काठमाण्डु महानगरपालिका–६ सिमलटार बस्ने ५२ वर्षीय मैते तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा मैते समेत १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५०० रूपैयाँ, ८ बुक तास र २८ थान कौडासहित पक्राउ गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ डेरा गरी बस्ने पाल्पा घर भएकी ३२ वर्षीया टेक कुमारी गाहामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टेक कुमारी समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment