गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण

डिसी नेपाल
२२ चैत २०८२ २०:३८
60
Shares

अर्घाखाँची। यहाँको सन्धिखर्क नगरपालिका–३ मा गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। वडाभित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिँदै सामग्री प्रदान गरिएको हो।

बराहनेटा आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा सन्धिखर्क नगरपालिका—३ कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा २१ जना गर्भवती र ३१ जना सुत्केरी आमालाई पोषण सामग्री प्रदान गरिएको स्वास्थ्य केन्द्र प्रमुख धर्मराज पन्थीले बताए।

सुनौलो हजार दिन अवधिलाई लक्षित गर्दै आमालाई एक क्यारेट अण्डा, चना, साबुन र ‘नेल कटर’ वितरण गरिएको थियो। गर्भावस्था र सुत्केरी अवस्थामा सन्तुलित आहार, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षाले आमा र नवजात शिशुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सामग्री वितरण गरिएको वडाध्यक्ष जम्शेर मियाँले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *