No ads found for this position
No ads found for this position

लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ चैत २०८२ १७:३५
404
Shares
No ads found for this position

हेटौंडा। मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गरेको सवारी साधन चेकजाँचका क्रममा ६५ वटा सवारी जाँच गरिएको थियो। सोही क्रममा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउने कार्यले सडक दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले यस्तो कार्यविरुद्ध कडाइ गरिएको हो।

उनले सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिए। साथै, सवारी चालकहरूलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह समेत गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *