No ads found for this position
No ads found for this position

चार दिनपछि विष्ट मृत फेला

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ चैत २०८२ १९:५३
12.2k
Shares
No ads found for this position

दमक (झापा)। बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जङ्गल गएका एक जना आज मृत फेला परेका छन्।

दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरी निरीक्षक नविन राईका अनुसार घाँस काट्न भनी यही चैत १९ गते घरबाट निस्किनुभएका उनी घर नजिकैको सामुदायिक वनमा मृत फेला परेका हुन्। विभत्स अवस्थामा शव भेटिएकाले हात्तीले आक्रमण गरेको अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *