No ads found for this position
No ads found for this position

रामेछापको तेक्वान्दो रंगशाला अलपत्र

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ चैत २०८२ ८:५२
12
Shares
No ads found for this position

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पामा निर्माण सुरु गरिएको राष्ट्रिय स्तरको तेक्वान्दो रंगशालाको निर्माणकार्य अलपत्र परेको छ ।

राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमी सहित निर्माण गर्न लागिएको रंगशालाको निर्माणकार्य अलपत्र परेको हो । खाँडादेखि गाउँपालिकाको गाल्पा बजार नजिकै १ करोड ११ लाख रुपैँयाको लागतमा एकेडेमी भवन निर्माण भएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा सो भवन निर्माण भएको हो ।

भवनमा चेन्जिङ रुम, बाथरुम, अफिस रुम सहित इनडोर गेमको हल रहेको छ । रामेछापको खाँडादेवी, दोरम्बा शैलुङ र सुनापाती गाउँपालिले प्रदेश सरकार र केन्द्र सरकारलाई गाल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि संयुक्त प्रस्ताव पेस गरेका थिए । सोही प्रस्ताव अनुसार एकेडेमी भवन निर्माण भएको हो ।

भवनसँगै रंगशाला निर्माणको लागि खारिएको जमिन त्यतिकै छाडिएको छ । यो निर्माणकार्य वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ । एकेडेमी भवनको संरक्षण गर्ने समेत कुनै व्यवस्था छैन ।

एकातिर करोड रुपैँयाभन्दा बढीको संरचना अलपत्र परेको छ भने अर्को तर्फ रंगलशाला निर्माणको काम पनि त्यतिकै रोकिएको छ । यसबाट राज्यको ठुलो लगानी खेर गएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *