No ads found for this position
No ads found for this position

बाजुरामा एसइईका उत्तर पुस्तिका परीक्षा केन्द्रमै धमाधम परीक्षण गरिँदै

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ चैत २०८२ ९:१६
8
Shares
No ads found for this position

बाजुरा । बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै धमाधम जाँच्ने कार्य चलेको छ । नेपालको शैक्षिक इतिहासमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको गतिलाई सुधार गर्ने उद्देश्यले ल्याइएको नयाँ व्यवस्था बाजुरामा समेत सफलतापूर्वक कार्यान्वयनमा आएको हो ।

‘माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन,व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू भएसँगै यस वर्षदेखि उत्तर पुस्तिका जाँच्नका लागि अन्य जिल्ला वा केन्द्रमा पठाउनुपर्ने झन्झटको अन्त्य समेत भएको छ ।

बाजुराका १७ वटै परीक्षा केन्द्रमा परीक्षा सम्पन्न विषयको परीक्षण कार्य भइरहेको छ । अङ्ग्रेजी र नेपाली विषयको परीक्षा सकिए लगत्तै परीक्षण थालनी गरिएको थियो । दुई विषयको उत्तर पुस्तिका परीक्षण सम्पन्न पछि गणित र विज्ञापन विषयको परीक्षण कार्य चलेको छ ।

यस वर्ष बाजुराबाट नियमित तर्फका २ हजार १२६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी भएका छन्।उत्तर पुस्तिका परीक्षण कार्य मर्यादित र व्यवस्थित ढङ्गले चलिरहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख लाल बहादुर विष्टले बताए ।

शैक्षिक इतिहासमा नयाँ अभ्यास व्यवस्थित ढङ्गले अघि बढेको छ । ‘बाजुरामा उत्तर पुस्तिका जाँच्ने कार्य व्यवस्थित र सुरक्षा निगरानीमा चलेको छ । कुनै समस्या देखिएको छैन । नयाँ व्यवस्थाले थप जिम्मेवार बनाएको छ ।

उनले भने, ‘नयाँ व्यवस्थाले चुनौती सँगै समन्वयकारी भूमिकामा राखेको छ । यस्तो व्यवस्थाले समयमै नतिजा प्रकाशन भई विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न थप सहज हुने छ ।’

जिल्लाका सबै परीक्षा केन्द्रमै एसइईका उत्तर पुस्तिका परीक्षण कार्य धमाधम भइरहेको जिल्ला परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । बोर्डले नयाँ व्यवस्था गरेसँगै जिल्लामा पनि प्रभावकारी रूपमा कार्यान्वयन भइरहेकाले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको बताए ।

बाजुरामा २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए ।त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *