महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने

डिसी नेपाल
२४ चैत २०८२ १८:१३
12
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा वाथ मुटु रोगको परीक्षण गराउने भएको छ।

महानगरका अनुसार महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने छ।

यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ।

यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरको थप तयरी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *