बैतडीमा कृषि एम्बुलेन्स सञ्चालन
दशरथचन्द (बैतडी) । बैतडीमा आजदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । यहाँको दशरथचन्द नगरपालिकाले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
किसानहरूले उत्पादन गरेको कृषि उपजलाई ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक कार्कीले जानकारी दिए।
नगरपालिका र सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । “किसानले नगरपालिकामा कृषि उपज ढुवानीका लागि निवेदन दिनुपर्छ । किसानले भनेकै ठाउँबाट सहुलियत शुल्कमा बजारसम्म ढुवानी गरिदिन्छौँ”, कृषि विकास शाखा प्रमुख कार्कीले भने ।
कृषि एम्बुलेन्समार्फत किसानहरूले फलाएको उब्जनीलाई बजारसम्म पुर्याउन र उहाँहरूलाई आवश्यक पर्ने मल, बीउलगायत कृषि सामग्रीहरू खेतसम्म नै ढुवानी गरिने उनले बताए ।
यहाँका अधिकांश किसानहरू कृषि पेसामा नै आबद्ध छन् । उनीहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने नगरप्रमुख पुष्करराज जोशीले बताए ।
“कृषि उपजलाई बजारसम्म ढुवानी गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ,” नगरपप्रमुखजोशीले भने।







डिसी नेपाल







Facebook Comment