तीन जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
महोत्तरीको गौशाला नगरपालिका-११ स्थित सडक छेउ नजिकै झाडीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी १८ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१२ बुधबारे बस्ने ४६ वर्षीय दुर्गालाल मल्लाहा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
डडेलधुरा, अमरगढी नगरपालिका-१ मौरडा बस्ने ७२ वर्षीया भागरथी भट्ट सोही नगरपालिका-२ मणुवास्थित सडकमा बुधबार मृत अवस्थामा फेला परेकी छन्। यस सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment