कालिकोटमा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते
सुर्खेत । कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
जुम्लाको हिमा गाउँपालिकाबाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना दुई जनाको घटनास्थलमै ज्यान गएको हो। घटनामा थप दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा जुम्ला हिमा गाउँपालिकाका एम्बुलेन्स चालक २६ वर्षीय शक्ति शाही र सोही पालिकाका ३२ वर्षीय भीमराज अधिकारी छन्। घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment