एटलाण्टा घोषणापत्र जारी गर्दै एनआरएनएको विश्व नेपाली स्वास्थ्य कन्फेरेन्स सम्पन्न
एटलाण्टा, अमेरिका । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रियय समन्वय परिषद् स्वास्थ्य कमिटीद्वारा अमेरिकाको एटलान्टमा आयोजित पहिलो विश्व नेपाली स्वास्थ्य कन्फेरेन्स एटलाण्टा घोषणा पत्र जारी गर्दै समापन भएको छ। उक्त कार्यक्रम उपप्रधानमन्त्री तथा स्वास्थ जनसंख्या मन्त्री उपेन्द्र यादव, एनआरएन अमेरिकाका अध्यक्ष शुनिल शाहको उपस्थिती रहेको थियो।
डा संजिब सापकोटाको नेतृत्व तथा दामु ढंगोल उप संयोजक रहेको उक्त घोषणा पत्रमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा. सन्तोष सापकोटा, एसोसिएट प्रोफेसर डा. उत्तम गाउँले, डा. जुडामणी खनाल, डा एन्ड्रीयु नेलशन, डा. तारा सिग्देल, डा. अच्युत शर्मा, डा. पिताम्बर दाहाल, डा. चाँदनी जैसवाल, डा. मनोज भण्डारी (सान) का सभापती मञ्जु संग्रौला, ब्लड डोनर्स जर्जियाका संयोजक भबिन्द्र बस्नेतले प्रस्तुत कार्यपत्रमा संस्थागत धारणा राखेका थिए।
स्वतन्त्र पर्यवेक्षकको रूपमा डा. प्रेम संग्रौला, राजा घले, कपिल वाग्ले, तथा संस्थागत धारणा प्रणय लामा, कुमार केसीले उक्त कार्यक्रमका बारे आआफ्ना धारणा राखेका थिए। यस अघि उपप्रधानमन्त्री यादवले प्रस्तुत कार्यपत्रलाई परिमार्जन सहित छलफल गर्न टेबुल गरेका थिए ।
एनआरएनए अमेरिकाको पहलमा भएको उक्त कार्यक्रममा एनआरएनएका कृष्णजिबी पन्त, नेत्रबन्धु पोखरेल, सिके पराजुली, सत्य चौधरी, राजु थापा संतोष पहाडी लगायत धेरै अभियान्ताहरू उपस्थित थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment