बलेविरुद्ध अमेरिकामा बलात्कारको मुद्दा

डिसी नेपाल
२६ चैत २०८२ १३:२९
496
Shares

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कार आरोपमा मुद्दा दायर भएको छ । यससँगै अब उनको मुद्दा अमेरिकाकै अदालतमा चल्न सक्छ किनकि पीडितको दाबीअनुसार घटना अमेरिकामा भएको हो । अमेरिकी कानुनअनुसार पीडित र आरोपी जहाँका भए पनि घटना अमेरिकामा भएकोले त्यहिँ मुद्दा चलाउन सकिन्छ ।

अमेरिकामा बसेर अध्ययन गरिरहेको छात्रा संगम बिष्टले आफूमाथि बलात्कार गरेको भन्दै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी)मा दुई दिनअघि एफआइआर दर्ता गरेकी हुन् । आरोपी नेपालमा पक्राउ परिसकेकोले अमेरिकी प्रहरीले नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा छ ।

संगमले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै बले एक वर्षअघि अमेरिका आउँदा उनलाई फ्ल्याट देखाउन लगेको र बलेले आफूलाई फ्ल्याटमै जबरजस्ति करणी गरेको बताएकी थिइन् । संगमले स्टाटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

तर, नेपाल प्रहरीमा उनीविरुद्ध जाहेरी नपरेकोले प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर ५ दिन म्याद लिएको छ । अभद्र व्यवहारमा सिडीओले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने कानूनी प्रावधान रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *