वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

डिसी नेपाल
२७ चैत २०८२ ९:५०
1.3k
Shares
भद्रपुर (झापा) झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *