कविता: जन्म र मृत्यु

शंकरप्रसाद रिजाल
२८ चैत २०८२ ८:०१
40
Shares

जन्मले कहाँ ल्याउँछ थाह छैन मलाई
मृत्युले लैजान्छ कहाँ थाह छैन मलाई
मर्दा सब रुनेछन् हाँसने जन्मिँदा यहाँ
बुझ्ने कोही छैनन् हाँसने कि रुने यहाँ।

जन्मेर कति बाँच्ने हो मर्नेको नटुंगोपनि
केही छैन यो जीवन जिउँदो नै हुँदा पनि
मायाले ढाकिएको यो सारा जन्मभर महाँ
मृत्युमा सब सकिन्छ माया मोह सबै यहाँ।

निन्द्राबाट बिउँझे झैँ बिपना हो कि सपना
कसैले भन्न सक्तैनन् सत्य हो कि कल्पना
संसारै हाँसे जस्तो कसैको जन्म त्यो हुँदा
मर्दा सबै रुने छन् कसैको मृत्यु त्यो हुँदा।

जन्म मृत्यु जराब्याधी हुँदै गर्छ यो लोकमा
आउने जाने भइनै रहन्छ यो पापी संसारमा
अमर को छ? दुनियामा देवतापनि मर्दथे
जति जे गरेतापनि फेरि श्वर्गैमा बास पाउँथे।

गरे कर्म भजे धर्म स्वर्ग नर्क समान छ
मन त्यो सफा राखे आफूमै सब थोक छ
जन्म एक अवसर हो उज्यालो सब देखने
मृत्युपनि एक अबसर हो सबदेखि टाढा हुने।

वरको पर मात्रै हो जन्म र मृत्युमा हुने
सबै आत्मा एकै हुन् परमात्मामा मिलने
नसोच जन्म मृत्यु बारे अनमोल रत्न यो
सबै जन्मिइकन मर्नु छ यो नित्त्य कर्म हो।

जीवन साथी

मेरो जीवन साथी, साथ साथ जिउने
माया पिरतीको भाखा आँखा भरि छाउने
तिमी बन फूल हौकी मन फूल हौ
तिमी बासनाको अमुल्य खुसबू छौ।

सृष्टिकाे बृष्टीकति मिठो सुगन्ध छ
आँखा हरिणको जस्तो हेरिरहुँ जस्तो छ
तिम्रो जीवन बिना मेरो जीबन अधुरो छ
तिम्रै जीवनले मेरो जीवनमा रंग भरिरहेछ।

तिम्रो मायामा म कता कता हराउँछु
तिमी हाँस्दा म सधैं हाँसी रहन्छु
तिम्रो आँसुमा म सधैं रोई रहन्छु
तिम्रो जीवनमा म सधैं बाँचिरहन्छु।

तिमी जीवन साथी मेरो जीवनसाथी
तिम्रो साथमा हर काम सजिलो छ
तिम्रो मायामा म सधैं सुरक्षित छु
तिम्रो साथमा म सधैं मुस्कुराउँछु।

तिमी बिना मेरो जीवन अधुरो छ
तिम्रो साथमा मेरो जीवन पूर्ण छ
तिम्रो साथमा म सधैं बाँचीरहन्छु
तिम्रो साथमा म सधैं पल्टी नै रहन्छु।

ज्ञान र बिज्ञान

ज्ञान एक बुद्धिको खानी हो
बिज्ञान कर्मको परिणाम हो
अज्ञानी ज्ञान विज्ञानको शून्य
मुर्ख अन्ध त्यो कहलाउँछ।

ज्ञानको सागरमा डुब्दै जाउ सधैं
विज्ञानको तालमा मोडी जाउ सधैं
सिधा ज्ञानमा क्यै छैन ज्ञानीमात्र हो सधैं
ज्ञानमा बिज्ञान मिल्दा हामि पाउछौँ सबै।

ज्ञान दाहिने आँखा बिज्ञान देब्रे नयन
दुवै आँखाहरु मिल्दा बन्छ ठूलो चयन
जीबनमा आँखा देखाउने ज्ञाननै हो मिठो
बिज्ञानको सोचले आँखा खुल्छ झन ठूलो।

ज्ञान पहिलो पछि बिज्ञान त्यो हुन्न थरिथरी
मोड ज्ञानले लिएमा बिज्ञानले दिन्छ सबै थरी
पढे यो धरतीमा सबैले हिजो आज थरिथरी
गरे सबै थोकको समृद्धि बिज्ञानै प्रयोग गरी।

प्रथम ज्ञान नभए बिज्ञान रुन्छ धर धरी
बिज्ञान ज्ञानको अभावमा एक्लो छ सधैंभरी
तसर्थ ग्यान र बिज्ञान दुइ शक्ति महान
बनाउँछन् भविष्य हाम्रो जीवन सुन्दर समान।

ज्ञानले दिन्छ दिशा विज्ञानले दिन्छ शक्ति
दुवै मिले जीबनमा आउँछन खुसी नै खुसी
ज्ञानको दीपाले अज्ञानको अन्धकार हट्छ
विज्ञानको शक्तिले जीबन सुखमय बन्छ।

सृष्टि र निर्माण दुवै ज्ञान र विज्ञानले गर्छ
समाज र देसको,उन्नतिमा दुबैको हात हुन्छ
ज्ञान र बिज्ञान मोटरका दुइ चक्का समान
दुइ मध्ये एक नभएमा हुँदैन कोही बलबान।

दुवै मिले जीबनमा आउँछ दुवै खुसी र शान
बनाउनेछन् हाम्रो जीवन तिनैले सुन्दर समान
विज्ञानले दिन्छ शक्ति ज्ञानले दिन्छ दृष्टि
यसैमा छ यी दुबैको उन्नति र समृद्धि।

ज्ञान र विज्ञानको महत्व अति अनमोल छ
राष्ट्र औ अन्तर्राष्ट्रमा दुबैको योगदान छ
तसर्थ ग्यान र बिज्ञान दुइ शक्ति समान
यिनै हुन् यो युगको धर्ती र आकास समान।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *