काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

डिसी नेपाल
२७ चैत २०८२ १५:११
32
Shares

काठमाडौं। काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज यहाँ जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा छलफल कार्यक्रम गरेको छ।

प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको प्रमुख आतिथ्यमा भएको छलफलमा ट्राफिक व्यवस्थापनका चुनौतीबारे गहन छलफल भएको थियो।

त्यस अवसरमा सांसद गजुरेलले सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बहन गरिरहेको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग, पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था हुनुपर्नेमा जोड दिए।

अन्तरराष्ट्रिय विकासका जानकार तथा मेकानिकल इन्जिनियर रामचन्द्र थापाले सडक पूर्वाधारसँग सम्बन्धित प्राविधिक पक्षबारे जानकारी दिए। उनले पूर्वाधार सुधारको आवश्यकता औँल्याउँदै दीर्घकालीन योजनामा जोड दिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडकमा परिचालित ट्राफिक प्रहरीले विभिन्न जोखिम मोलेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *