लागुऔषधसहित पाँच जना पक्राउ

डिसी नेपाल
२८ चैत २०८२ ९:३०
1.2k
Shares

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट लागुऔषध खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइँयाघाटबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पाँचैजना अभियुक्तलाई हिरासतमा लिइएर कारबाही थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *