परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मोरिससमा भेटवार्ता

डिसी नेपाल
२८ चैत २०८२ ९:३६
176
Shares

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। हिन्द महासागर सम्मेलनका क्रममा मोरिसस पुगेका मन्त्री खनाल र समकक्षी जयशंकरबीच शुक्रबार पोर्ट लुइसमा भेटवार्ता भएको हो ।

एस जयशंकरसँग भएको भेटमा परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा हुनका साथै आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

नवौँ हिन्द महासागर सम्मेलन (आईओसी) को साइडलाइनमा भएको यो भेटमा दुई देशबीचको साझेदारी र क्षेत्रीय सहकार्यका विविध आयामबारे छलफल भएको जनाइएको छ । भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत मन्त्री खनाललाई नियुक्तिमा बधाई दिँदै विभिन्न क्षेत्रमा प्रगाढ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नेपालसँगको साझेदारीमा रहेका पूर्ण सम्भावनाहरूलाई साकार पार्न विभिन्न क्षेत्रमा थप गहिरो सहकार्य गर्नेबारे हामीले छलफल गर्‍यौँ,’ जयशंकरले उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *