उपत्यकामा २४ घण्टामा १ हजार ७ सय १९ चालक ट्राफिक कारबाहीमा
काठमाडौं। बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १,७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १७९ जना, सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने÷ओराल्ने नियम उल्लंघन गर्ने २० जना चालक पनि कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १,०९३ जना समेत कारबाहीमा परेका छन्।
कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment