अस्पतालबाट भागेका थुनुवा पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा फरार रहेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको निगरानीमा रहेका बेला शुक्रबार राति अस्पतालबाट भागेका धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी–९ को बाङ्ग्रा कटानबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले रानालाई भारततर्फ भाग्दै गरेको अवस्थामा शुक्रबार राति ९ बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिए। रानालाई २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment