तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

डिसी नेपाल
२८ चैत २०८२ २१:३७
856
Shares

दमौली (तनहुँ)। यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत भएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा स्कुटर चालक गाछेपानीस्थित शुक्लागण्डकी च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही ठाउँका कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए।

स्कुटर चालक खतिवडाको तनहुँ सेवा अस्पतालमा र भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *