शिक्षामन्त्री पोखरेलको ५ ठाउँमा करोडौंको जग्गा

डिसी नेपाल
२९ चैत २०८२ २१:२३
480
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक सम्पत्ति विवरण अनुसार शिक्षामन्त्री सस्मित पोखरेलको ठाउँ-ठाउँमा जमिन रहेको छ। उनले आफूहरूकफ पेशबाट जोडेको सम्पत्तिबाट काठमाडौंमा २ घर र ५ ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन्।

आमा मिनाक्षी ओझाको नाममा काठमाडौं वडा नम्बर ४ मा ४ करोड मूल्य पर्ने घर, कागेश्वरी मनोहरामा आमाकै नाममा ५ करोड मूल्यको अर्को घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ। बुवाको पारिश्रमिक र पैत्रिक सम्पत्तिबाट घर निर्माण भएको उनले बताएका छन्।

पोखेलसँग काठमाडौं, ललितपुर, मोरङ तीन जिल्लाका ५ स्थानमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। ती सबै जग्गा बुवा रमेशकुमार पोखरेल र आमा मिनाक्षीको नाममा छन्। सबै जग्गाको हालको मूल्य कुल ११ करोड ५० लाख रहेको बताइएको छ।

पोखरेलसँग् अनुमानित ७५ लाख मूल्यको २५ तोला सुन र १०० तोला चाँदी रहेको छ। उनले आफ्ना तीन वटा बंैकमा साढे ४ लाख रुपैयाँ वचत रहेको उल्लेख गरेका छन्। सम्पत्ति विवरणमा विभिन्न कम्पनीको झण्डै १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ।

पोखरेलले दुईवटा बैंकमा गरी ७५ लाख रुपैयाँ कर्जा रहेको बताएका छन्। उनीसँग ७० लाख रुपैयाँको विद्युतीय सवारी र ४० लाखको बीवाईडी डल्फिन कार छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *