जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

डिसी नेपाल
२९ चैत २०८२ २२:५४
28
Shares

दशरथचन्द (बैतडी)। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पाटन नगरपालिका–८ सलमारीका ३४ वर्षीय रमेश विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

जबर्जस्ती करणीको मुद्दामा कैद सजाय तोकिएका विष्टलाई प्रहरीले आज निजको घरबाट पक्राउ गरेको हो। उनी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए।

गोप्य सूचनाका आधारमा आज प्रहरीचौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको उहाँले बताउनुभयो। पक्राउ परेका विष्टलाई कारागार कार्यालय डडेल्धुराको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *