पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
भादगाउँ। भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौँ दिन आज साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ मिनेटमा ढालिएको हो।
भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गर्छ। लिङ्गो ढाल्नु पनि बिस्का जात्राको प्रमुख जात्राका रूपमा लिइन्छ। यो जात्रा पछि तलेजुभित्र दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा रहेको भैरव र भद्रकालीको रथलाई गःहिटि पुर्याई रथ जुधाउने जात्रा गरिन्छ।
यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रुहरू नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ।







डिसी नेपाल







Facebook Comment