सडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ : कार्यवाहक प्रमुख डंगोल

डिसी नेपाल
३ वैशाख २०८३ ८:५२
4
Shares

काठमाडौं । ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौंका सडकमा मानिसहरू किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरूको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौंलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान पशुपति क्षेत्रमा सहयोगापेक्षीको अवस्थाको स्थलगत अवलोकन गरिसकेपछि यस्तो योजना सुनाइन् । अवलोकनका क्रममा पशुपति क्षेत्रका सुरक्षाकर्मीले माग्नका लागि मोटरसाइकल चढेर व्यक्तिहरू आउने गरेको अनुभव सुनाएकी थिइन् ।

यस क्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आफूले ट्याक्सी चढेर आउने, पशुपति क्षेत्रमा माग्ने र ट्याक्सी नै चढेर फर्किने गरेको व्यक्ति भेटेको अनुभव सुनाए ।

उनीहरूको अनुभव सुनिसकेपछि डंगोलले जसको कोही छैन । जसको केही छैन । शारीरिक तथा मानसिक अवस्थाले जीवनयापनका अन्य विकल्प प्रयोग गर्न सकिँदैन । त्यस्ता व्यक्तिलाई आश्रय दिइने, ज्ञान तथा सिप प्रदान गरेर पेसा व्यवसायमा लगाउन सकिनेलाई रोजगारमूलक तथा स्वरोग जारमूलक कार्यक्रममा आबद्ध गराउने बताइन् ।

यस क्रममा सहभागी भएका धादिङको धुनिवेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले, काठमाडौंको यो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्माले पशुपति क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरूलाई राख्न प्रयोग हुने होल्डिङ कक्ष उपलब्ध गराउने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *