कविता : जीवन्त प्रेम
बक्यौताको जिन्दगी बाँचेर
जीवनको सानो
र अप्ठ्यारो राजमार्गमा
चुपचाप एकनाससित
निरन्तर अविश्रान्त
खुशी मुर्झाइरह्यो।
कहिल्यै नपुगिने लक्ष्यमा
पुगिछोड्ने मृगतृष्णाको पछि
दगुरिरहेको बुढो साईकलका पांग्राहरू
हातका नङ्ग्रा जस्तै खिइरहे..!
सपना गुम्सिएका उनका नयनहरु,
भरिभराउ भएर पनि
फिक्का देखिएका छन्
कतै अँध्यारोमा विलीन भए जस्तो।
जसरी साँझ पर्दै जाँदा
आकाशमा ताराहरु एक-एक
गर्दै थपिन्छन्,
त्यसरी जीवनको
रित्तो क्यानभासमा
प्रेमका रङ्गहरु पनि भरिँदै जाँदो रहेछ ।
सफलता, असफलताका
शब्द बुनिएका, थैली कसिएका
आदम र ईवी को प्रेम जस्तो
सायद प्रेम यसैगरी जीवन्त बाँचिरन्छ ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment