कविता : सम्पादन कक्षबाट गायब एउटा चित्र
पार्क छ,
बिहान पार्कमा मान्छेहरू
मर्निङवाकका लागि निस्किन्छन्,
भू.पू. सिडियो सा’ब कुकुर डोर्याउँदै
मर्निङवाकरसँग मिसिनु हुन्छ ।
मर्निङवाकर हिड्ने रुटमा
भू.पू. सिडियो सा’बको कुकुरले मलमुत्र
विसर्जन गर्न लागेको मौका छोपी
नगरपालिकाको बहालवाला हाकिम
भू.पू. सिडियो सा’बलाई
धनुसटंकार स्वस्ती गर्छ।
तपाईंले बजारका कुनै पत्रिकामा
नेपाली समाजको यो जीवन्त चित्र
देख्नुभएको छ?
प्रतिक्रिया















Facebook Comment