३ वर्षीया छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या
कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–५ मा एक बुवाले आफ्नी छोरीलाई विष खुवाएर आत्महत्या गरेका छन्।
आइतबार राती स्थानीय २५ वर्षीय रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार आइतबार राती मृतक रामबहादुरले भाइको घरमा खाना खाएर सुतेको बेलामा छोरीलाई औषधी खुवाएर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कोठामै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। त्यसपछि माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए।
मुद्धा हालेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले रामबहादुरलाई पूर्पक्षका थुनामा पठाएको थियो ।
झण्डै २ महिनापछि साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए। घटनाका बारेमा प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको उनले डिएसपी बस्नेतले जनाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment