अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

डिसी नेपाल
१६ वैशाख २०८३ १३:०४

रामेछाप। अविरल वर्षाका कारण हिजो साँझबाट अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मर्मत कार्य सम्पन्न भएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो।

गए राति परेको लगातार वर्षाका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको थियो। सडक मर्मतपछि आवागमन सहज बनाइएको प्रहरीले जनाएको छ।

यद्यपि, मौसम पूर्वानुमानअनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकोले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई सतर्क रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रहरीले आपत्कालीन अवस्था सिर्जना भएमा वा सडकको अवस्थाबारे जानकारी लिन १०० र १०३ नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *