कैलालीमा चट्याङ लागेर १५ भेडा मरे

डिसी नेपाल
७ असोज २०७६ २३:००

लम्की । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा मंगलबार पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ।

पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए।

भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ। ‘व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेको थिएँ’, विपतरामले भने, ‘‘म त बर्बाद भएँ, यही भेडाबाट मेरो घर चलेको थियो।’रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *